कविता–हिन्दी
झापा ।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाउने सन्दर्भमा शनिबार चन्द्रगढीमा देवेन्द्रकिशोर ढुङ्गानाको कविता सङ्ग्रह ‘एक मुट्ठी भोक’ सार्वजनिक भएको छ ।
नेपाली साहित्य परिषद्को आयोजनामा भएको कार्यक्रममा समालोचक गङ्गाप्रसाद अधिकारीले उक्त कविता सङ्ग्रह विमोचन गर्दै कवि ढुङ्गानाले समाजमा व्याप्त कुरीति र अन्यायविरुद्ध प्रतिरोध गर्नुभएको बताउनुभयो ।साहित्यकार चूडामणि वशिष्ठले श्रमजीवी समुदायका पीडा, अभाव र मानवीय संवेदनालाई जीवन्त रूपमा कवितामा व्यक्त भएका बताए। ढुङ्गानाको यो दोस्रो कृति हो । यसअघि उहाँको ‘तुँवालोले ढाकेको आकाश’ लघु उपन्यास पाठकमाझ आइसकेको छ ।
