हिन्दी कविता
जन्मनु एक संयोग हो !
संयोगको अथाहा चक्रेटो ब्रम्हाण्ड व्याप्त छ
र, हामी त्यसभित्र भौँतारिरहेका छौँ !
मुक्तिको प्रवल चाहना पलाउनु
नैसर्गिक, स्व–प्रक्रिया हुन्…
मुक्ति ! चक्रव्यूहबाट
मुक्ति !! सम सतहबाट
मुक्ति !!! अहमताबाट
मुक्ति –साङ्केतिक विन्दुमा उत्रनु
मुक्ति – स्व–अस्तित्व कायम गर्नु
संयोग – मुक्ति हैन
अदृश्य भुमरी हो !
स्वच्छन्द आकाशको चाहना गर्नु
चरम महत्वाकाङ्क्षा होइन
सृङ्खलावद्ध लय हो
विराट- व्योम!
व्योम स्वप्न !!
स्वप्न गङ्गा !!!
जो संयोग हुने गर्दैनन्
दिगान्तर प्रक्रिया हो मुक्तिको
युगौँ–युगौँकोदेखिको स्व–शैली !
जन्मनु संयोग हो
संयोग पर्खन मानव अवतरण हुने गर्दैनन्
आकस्मिकताको चक्रबाट
सरल रेखा सङ्ग्ल्याउन प्रकृतिसँग काँध खियाउने गर्दछ मस्तिष्कको
मुक्तिको खुट्किलो !
हो साँच्चै ! … समुद्रको अल्पविन्दु !
विन्दुको सङ्कलन गर्नु र प्यास मेट्न चाहनु –
सत्यता निरन्तरदेखिको …
अविरल रूपले …
तपो–विस्वास छ ! कर्मन्यता छ !! स्व – ज्ञान छ !!!
आस्थाको अटल कलश छ !!!
क्रमशः तीर्खा लघु हुँदै जानेछ मुक्तिको !!!
आकाश …. स्वप्न हैन जीवनको !
परिपूर्णता !!!
भवितव्यता उसका हत्केलाका रेखीहरुले
कैदी बनाएका हुनेछन् …
जव चाह्यो उसको मुठीमा
उसको आकाश !
उसको संयोग !!
उसको जीवन !!!
कात्यायन