नाइजेरियाको कविता
‘अभिव्यक्ति’का संस्थापक सम्पादक, प्रकाशक नगेन्द्रराज शर्माको आज बिहान निधन भएको छ। धेरै वर्षदेखि उहाँ मधुमेह, रक्तचाप लगायत रोगव्याधीबाट पीडित हुनुहुन्थ्यो र पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको थियो ।
करीब पाँच दशकदेखि प्रकाशित हुँदै आइरहेको ’अभिव्यक्ति’ सम्पादन बाहेक उहाँका ’दिवास्वप्न’, ’’महापुरुष’ उपन्यासहरू, ’पिपलको बोटमुनि’ कथासङ्ग्रह प्रकाशित छन् ।
उहाँको नाममा साहित्य अनुरागीहरूबाट ’नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ पनि स्थापना भई वितरण हुने गर्दछ। उहाँ ८९ वर्षको हुनुहुन्थ्यो ।
