• २०८३ असार १५, सोमबार

कवि राजेन्द्र शलभको ‘अक्षर मनका’ प्रकाशित

काठमाडौं ।

कवि तथा साहित्यकार राजेन्द्र शलभको नवीन कविताकृति ‘अक्षर मनका’ प्रकाशित भएको छ । यसअघि शलभका तीन कविताकृति प्रकाशित छन् । ‘अक्षर मनका’मा शलभका ७८ वटा कविताहरू संगृहीत छ । कविताकृति साङ्ग्रिला बुक्सले प्रकाशित गरेको हो ।