अनुभूति
प्रोफेसर ” रवीन्द्रप्रताप अमरेश्वर आशुतोष सन्झोटश्री बलरामपुरे” फेसबुकमा गजल लेख्न व्यस्त। मनमा दीपाकान्त अर्जुन दृष्टिको अनुहार आयो,झलझली आँखामा, ” हजुर त बोश हाम्रो ” कोरोनाश्रीको सम्मान! कदम कदममा पदम, सजीव भएर हरेक जीवको कल्याण गर्न कस्सिएको प्रोफेसर जगमोहन आजादको समकालीन ,मित्र,प्रोफेसर बलरामपुरेको मनमा ” अर्को भोर ” छायो। गणेश रसिक र अहमदावाद पनि आयो। मधुपर्क छायो। प्रभाकान्त अग्निहोत्री अधिकारी सम्झी मुस्कुरायो,र हरि गौतमसित भद्रवास सम्झियो,धरावासीको लीला र इबरा,उता पर्या,गजल फुरेन।
” पितामह ! ” कानमा मिश्री, कान्छी नातिनी अलीशाको मधुर वाणी, ” हजुर !” यसो हेर्यो। आम्मै,आधादर्जन तेस्रो पुस्ता,एकीकृत समाजवादी, नेता,विभू, साथमा,जान,साना,पार्थ,आयुषा! सबैको हातमा कलम,लाल डायरी! “हामी एउटा कुरा भन्न आएको पितामह!” विभू! ” हो बा, हजुरको कल्याण होला भनेर,एक अपिल,हुन त हजुर सुकरातको पनि अनुज,तर … ” जान गिरी। अङ्ग्रेजीमा। ” हजुर बा,एउटा अनुरोध!” पार्थ।सबैको अनुहार पढ्यो। ” अपिल ” अप्रिलको अपिल,” हजुरको प्रतिभा अकल्पनीय !पितामह, शिवानी आमा र दुलारी सानुमाको रूहानी आवाज ” हाम्रो बा समझदार हुनुहुन्छ!” अमल भएन कि?हाम्रो हार्दिक अनुरोध,हे अरुण तेस्रो,हे रफी र गफी हजुर बा,ॐ शान्ति ॐ! “
” आहा,आहा, कुरा बुझियो,यो अराजक फेसबुके, यो जिद्दी,यो ज्याद्रो,यो प्रचण्ड प्रतिभाको खानी,असरानी,आफ्ना सम्पूर्ण खूब सुरत झिनामसिना भूलहरू स्वीकार्छ! अपिल पूरा हुन्छ। किन?किन यसो गरेको? सोधेन कसैले पनि! ओक्के छ त!हे मेरा मुटुहरू,मेरा नैनाहरू,आशीर्वाद !अपिल सुनियो। माग पूरा हुन्छ।”
” ए बा,ए बा, आज कति मस्त निद्रामा हो? घर नै हल्लिनेगरी घुर्नुभएको छ।बा,आज घुम्न जाने! ” कान्छी छोरीको स्वर।
” फेसबुक छोड्छु छोरी,अति भयो! ” जुरुक्क उठेर।
” ह्या, जोकर बा ! नुहाएर तैयार हुनुहोस् ! टिकटक बनाउने!”
प्रोफेसर लाग्यो वाश रूमतिर! “छोड्छु!” मनले अठोट गर्यो।
धनराज गिरी