समाचार
काठमाडौँ ।
अभिनव साहित्य समाजले २९२ औँ शृङ्खला अन्तर्गत कवि कणाद महर्षिलाई अभिनव विष्णुचन्द्र गद्य कविता पुरस्कार तथा सम्मान अर्पण गरिएको खबर छ । यस्तै अभिनव लक्ष्मीदेवी साहित्य सिरपाका लागि मा.वि. स्तरीय मुक्तक लेखन तथा वाचन कार्यक्रमबाट छनौट भएका सरस्वती मा.वि.का सुशान्त कोइराला, नव अरुणिमाकी स्नेहा राई, उत्तरवाहिनी मा.वि.की उषा बस्नेत, सरस्वतीकी सिर्जना गौतम र रिम्स स्कुलका दीपदर्शन नेउपाने क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी पाँच जनालाई ३,२,१ हजार र ५०० गरी ७००० सात हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
मुक्तक लेखन तथा वाचनमा सहभागी भएका अन्य विद्यार्थीमध्ये ११ विद्यालयका मन्दिप रिमाल, आरोही गुप्ता, काव्या भट्रटराइ,श्रीजिका खनाल, सोनिया पौडेल, आरूश्री पौड्रयाल, मुना बुढाथोकी, कृष्ण कार्की,, श्रीमन चालिसे, भावना बुढाथोकी, तनिस कार्की र निलिसा थापा हुनुहुन्थ्यो । कार्यक्रम संयोजक बीपी इलामेले मुक्तक लेखन बारे सामान्य जानकारी दिनाको साथै पहिलो कार्यक्रमको सञ्चालन, स्वागत मन्तव्य र सम्मानपत्र वाचन गर्नुभएको थियो । दोस्रो कार्यक्रमको सञ्चालन मेनका आचार्य, निर्णायकमा परशुराम पराजुली पराशर र नवराज पुडासैनी ज्योत्स्ना हुनुहुन्थ्यो कार्यक्रमको सभापतित्व उपाध्यक्ष विमल अर्याल र धन्यवाद ज्ञापन अध्यक्ष गोविन्द घिमेरे वेदमणिले गर्नुभएको थियो ।
एक बजेपछि दोस्राृे चरणको कार्यक्रम शुरू भएको थियो । दुवै कार्यक्रमको प्रमुख अतिथिमा गो.न.पा.की उपप्रमुख सान्नानि लामा रहनुभएको थियो । उहाँर्ले मन्तव्यको क्रममा अभिनवले गरेको कामको प्रशंसा र गो.न.पाले साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै विजयी विद्यार्थीलाइ पुरस्कार अर्पण र सम्मान गर्नुभएको थियो । मन्तव्य तथा कविता वाचन गर्ने विशिष्ट अतिथि कविमा बमबहादुर थापा जिताली, रामबहादुर पहारी, श्रीकृष्ण पुडासैनी, प्रदीपरत्न शाक्य रहनुभएको थियो । अन्य कविता वाचन गर्नेहरूमा दुर्गा घिमिरे, दिवाकर नेउपाने, राजेशमान के.सी, ललिता दोषी ठाकुरप्रसाद खतिवडा, ध्रुव थापा पुरुष, सरिता दुलाल घिमिरे, सिध्द नारायण आचार्य, सुरेशचन्द्र घिमिरे, टेकबहादुर लोडारी, च्यवन बस्नेत, कृष्णप्रसाद पौडेल, मधुसूदन घिमिरे, वासुदेव पौडेल, ब्रह्मप्रिय, कात्यायन, ओम कोइराला, सुशील राजोपाध्याय, प्रमोद नेपाल, प्रकाश बस्नेत गफाडी, राधिका सापकोटा, वसन्त रिजाल, उद्धव रायमाझी, बीकेएन खडेरी लगायत ५५ जनाले रचना वाचन गर्नुभयो भने ८० भन्दा बढीको उपस्थिति रहेको थियो।
