• २०८३ जेष्ठ २६, मंगलवार

पाँच पुस्तकलाई प्रदान गरियो यशस्वी पुस्तक पुरस्कार

काठमाडौं ।

यशस्वी पुस्तक पुरस्कार विभिन्न विधाका पाँच पुस्तकलाई प्रदान गरिएको छ । २०८१ सालमा प्रकाशित भएका पुस्तकहरु मध्येबाट मनोनयनमा परेका यी पुस्तकहरुलाई पुरस्कृत गरिएको हो । यशस्वी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित तथा ‘काठमाडौं कलिङ्ग साहित्य महोत्सव’को चौथो संस्करणका अवसरमा पुल्चोकस्थित होटल हिमालयमा आयोजित समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानका अनुसार ‘बन्द कोठाको झ्याल’ काव्य विधातर्फ उत्कृष्ट कृतिका रूपमा छनोट भएको हो । पुरस्कार वितरण समारोहमा विभिन्न विधाका पाँच कृतिहरू काव्यतर्फ हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’, आख्यानतर्फ जयराम तिमिल्सिनाको ‘धीमहि’, गैरआख्यानतर्फ भवानी खत्रीवडाको ‘प्रणाम सगरमाथा’, अनुसन्धानतर्फ दीपेन्द्रराज तिमिल्सिनाको ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ तथा अंग्रेजी अनुवादतर्फ सबिता गौतम दाहालको ‘एथचबmष्मक या ीभहष्अब िच्ष्उउभिक’ पुरस्कृत गरिएको थियो ।

यशस्वी प्रज्ञा प्रतिष्ठानले ‘यशस्वी पुस्तक पुरस्कार’ २०७९ सालदेखि विभिन्न विधाका पाँच पुस्तकहरुलाई प्रदान गर्दै आएको छ । यस पुरस्कारको राशि बीस हजार र प्रमाणपत्र रहेका छन् ।