• २०८३ जेष्ठ १४, बिहीबार

अनेसास सुप्रमा–ईप्रमा पुरस्कारका लागि मागियो पुस्तक

काठमाडौँ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतले ‘अनेसास सुप्रमा – ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार – २०२६’ का लागि पुस्तकहरूको आह्वान गरेको छ । पुरस्कारका लागि अनेसासले मे २०२५ देखि अप्रिल २०२६ सम्ममा प्रकाशित नेपाली साहित्यका पुस्तकहरूको आव्हान गरेको छ ।

सन् २०१२ मा बेलायती–नेपाली डायस्पोराका आदिकवि ईश्वरप्रसाद मानन्धरले आफ्ना पिता सुन्दरप्रसाद मानन्धरको सम्मान र सम्झनामा स्थापित उक्त पुरस्कार सन् २०१४ बाट बेलायतमा रहेर कुनै विधामा प्रकाशन गरिएका मध्येबाट उत्कृष्ट पुस्तकलाई पुरस्कृत गर्दै आएको थियो ।
सन् २०२५ बाट भने उक्त पुरस्कार संसारभरबाट प्रकाशित भई प्राप्त हुन आएका मध्येबाट सर्वोत्कृष्ट एक पुस्तकलाई पुरस्कृत गर्न थालिएको छ। सन् २०२५ मा नेपालबाट प्राप्त हुन आएको डा. श्रीधर खनालका उपन्यास ’सावर्णि’लाई पुरस्कृत गरिएको थियो ।

पुरस्कारमा प्रमाणपत्र तथा नगद घ् ५०१ रहेको छ । सो पुरस्कार ईश्वरप्रसाद मानन्धर जयन्तीका अवसरमा प्रदान गरिने पुरस्कार संयोजक तथा संस्थाका सल्लाहकार डा. रुपक श्रेष्ठले बताए । पुस्तक असार ५ गते २०८३ (जून १९ तारिख २०२६) सम्म हात लाग्नुपर्नेछ। पुस्तक नेपालमा विश्वविमोहन श्रेष्ठ, एपेक नेपाल, संरचनामार्ग, कलंकी, काठमाण्डु र बेलायतमा च्बव क्जचभकतजब, ५७ ऋचयककmभबम ब्खभलगभ, न्चभभलायचम, ीयलमयल, ग्द्य पठाउनुपर्ने छ ।