• २०८३ जेष्ठ ३, आईतवार

संयुक्त लघुकथाकृति ‘त्रिकुटी’ सार्वजनिक

काठमाडौं ।

साहित्यकाहरू विश्वराज अधिकारी, डा. कुसुमाकार शर्मा गौतम र खेमराज पोखरेलद्वारा संयुक्त रूपमा लेखिएको लघुकथाकृति ‘त्रिकुटी’ एक कार्यक्रमबीच लोकार्पित भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा आख्यानकार भागीरथी श्रेष्ठले कृति लोकार्पण गरिन् । शब्दार्थ प्रकाशनद्वारा आयोजित कार्यक्रममा डा.दीनबन्धु शर्मा, महेश पौड्याल र डा. नवराज खतिवडाले कृतिमाथि समीक्षात्मक मन्तव्य राखे । कार्यक्रममा लेखकहरू पोखरेल र डा. शर्माले आफ्नो धारणा राखे ।