समाचार
काठमाडौँ ।
वानीरा फाउन्डेसनले बुधबार एक समारोहबिच काठमाडौँमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय सातौँ जयन्ती मनाएको छ । सोही अवसरमा महासमालोचक प्रा. डा. वासुदेव त्रिपाठीले नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नामक कृतिको लोकार्पण गरे । उक्त कृति ४२ वर्षअघि नरेन्द्रराज प्रसाईँले पूर्णप्रसाद ब्राह्मणसित लिएको अन्तर्वार्तामा आधारित छ । ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नइ एकेडेमीको १९३ ओैँ कृति हो ।
‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’नामक कृति माथि डा.त्रिपाठी र प्रा.केशव सुवेदीले बृहत् समीक्षा गरिएको फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले बताए । सो अवसरमा प्रमुख अतिथि डा.त्रिपाठीले पूर्णप्रसाद ब्राह्मण विषयक विद्यावारिधि गर्ने प्रा.डा.नुरापति पोखरेललाई सम्मान गरे ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईँको सभापतित्वमा सञ्चालित सो समारोहमा कवेरी जोशी, दिनेश शर्मा, सदस्यसचिव नरेन्द्रराज प्रसाईँ र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिबारे मन्तव्य प्रकट गरे ।
