• २०८३ बैशाख २७, आईतवार

भोलाकुमारद्वारा लिखित ‘नेपालमा पुस्तकालय’ पुस्तक लोकार्पण

काठमाडौं ।

नेपालमा पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रका अभियन्ता भोलाकुमार श्रेष्ठको पुस्तक ‘नेपालमा पुस्तकालय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा लेखक श्रेष्ठसहित डा. तुलसीप्रसाद भट्टराई, प्रा.डा. ध्रुव घिमिरे, पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका डा. लीला न्याइच्याई, कलाकार केके कर्माचार्य, वी रिडका कार्यकारी अधिकृत सुनिती अमात्यलगायतले पुस्तक लोकार्पण गरे ।

सिंगो जीवन पुस्तकालय सेवामा समर्पित गरेका श्रेष्ठले आफ्नो कृति ‘नेपालमा पुस्तकालय’मा नेपालमा पुस्तकका इतिहासका पाटोलाई उजागर गरेका छन् । आठ अध्यायमा विभाजित पुस्तकमा प्राचीन समयदेखि हालसम्मको पुस्तकालय स्थापना र विकासका लागि योगदान पु¥याएका संस्था एवं व्यक्तित्वका बारेमा समेट्ने जमर्को गरिएको विज्ञप्तिमा उल्लेख छ । लेखक श्रेष्ठको यो दोस्रो पुस्तक हो । यसअघि उनको ‘पुस्तकालयसँगको जीवनयात्रा’ प्रकाशित छ ।