काठमाडौं ।
पत्रकार तथा लेखक गोविन्द लुइँटेलद्वारा लिखित निबन्धकृति ‘कक्षाकोठामा ३५ वर्ष’ प्रकाशन गरिएको छ । यो कृतिभित्र २१ निबन्ध समावेश छ ।
एक शिक्षकका रूपमा शिक्षणसिकाइका अनुभव, शिक्षक र विद्यार्थीबीच हुने सम्बन्ध, संवाद, छलफल र शिक्षणसिकाइका गतिविधि, शिक्षणसिकाइका क्रममा विद्यार्थीले गर्ने गतिविधि, विद्यार्थीका आनीबानी, सिकाइ क्षमता, तिनले शिक्षकसँग गर्ने अपेक्षा, प्रधानाध्यापकको भूमिका, शिक्षक–अभिभावक संवादलगायत विषय निबन्धमा समेटिएको लुइँटेलले बताएका छन् । लुइँटेलसँग साढे तीन दशक लामो शिक्षण अनुभव छ । उनी विद्यालय शिक्षण र पत्रकारिता दुवैमा समान रूपले सक्रिय छन् ।
