कविता
काठमाडौं ।
मुक्तक लेखक मुनाल गोदार क्षेत्रीको पहिलो कृति ‘मुनाल’ (बतासे प्रेम) एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको आठौँ वर्ष प्रवेशको सन्दर्भमा भीरकोट नगरपालिका–७ नम्बर वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा नगरपालिका प्रमुख गोविन्दकुमार कर्माचार्य लगायतले कृति सार्वजनिक गरे । सार्वजनिक कृतिमाथि समीक्षकहरू मनिषा कोइराला, शम्भु अर्याल र मिलन समीरले पाठकीय मन्तव्य राखे । उक्त अवसरमा अमृत अर्यालले ‘सिर्जनशील सिकाइको सन्दर्भमा शिक्षक र विद्यार्थीको भूमिका’ विषयमा आफ्नो विचार प्रस्तुत गरे ।
कार्यक्रममा स्याङ्जाली कविहरू वसन्त खनाल, दिलीप तिवारी, खगेन्द्रजंग थापा, डिल्लीराम भण्डारी, अमित सुनार, सुदीक्षा सुनार, सक्षम रोका, उषा सुनार, इशाना रोका, सरगम थापा, गुरुप्रसाद ढकाल, चण्डिकाप्रसाद भट्टराई, हरिप्रसाद पंगेनी, बबिन पाठक, लीला रेग्मी, लेखनाथ काफ्ले, पारिश्वर न्यौपाने, ध्रुवप्रसाद शर्मा पंगेनीले आफ्ना रचनाहरू वाचन गरेको साहित्यकार मिलन समीरले जानकारी दिएका छन् ।
