समाचार
काठमाडौं ।
दिवंगत पत्रकार, कवि, निबन्धकार तथा सांस्कृतिक अध्येता सुरेश किरणको सांस्कृतिक निबन्धहरूको संग्रह ‘हाय राजमती’ सार्वजनिक गरिएको छ ।जात्रा, भूमि, बाजा र जाति, विस्तारित भूमि र विविध गरी पाँच खण्डमा २४ निबन्ध समेटिएको यो कृतिलाई निबन्धकारको निधन भएको ४५औँ दिनमा इम्प्रिन्ट पब्लिसर्सले प्रकाशन गरेको हो ।
गोविन्द गिरी प्रेरणाले सम्पादन गरेको यो निबन्धसंग्रहमा मूलतः नेवार जातिको सभ्यता, संस्कृति, चालचलनका साथै काठमाडौं, भक्तपुर र ललितपुरसँग सम्बन्धित जात्रापर्वहरूको ऐतिहासिक महत्त्व र सम्बन्धलाई तथ्यपरक ढंगले प्रस्तुत गरिएको पब्लिसर्सले जनाएको छ ।.
