• २०८३ बैशाख १३, आईतवार

सपना !

ज्ञान्दरी कैनी

ज्ञान्दरी कैनी

चुनाव जितेको
खुशियालीमा मलाई
माला पहिरिने
कुनै रहर जागेन
मेरो लागी
यो क्षण खुशी भन्दा
चुनौती थियो
न कुनै अनुभव
न कुनै स्वार्थ
थियो त मात्र
देशको मुहार
फेर्ने हुट्हुटी ।

मेरो देश
विश्वको अग्लो
सगरमाथाको देश
मेरो देश
शान्तीका दूत
गौतम बुद्व
जन्मेको देश ।
हेर्दा हेर्दै
युवा जनशक्ति
विदेशिन बाध्य
बनाइएको देश ।

बलिया पाखुराले
सुम्सम्याउन नपाएका
रित्ता र खोक्रा
बा-आमा अनि
भोक र शोकले
अकालमा ज्यान
गुमाउन बाध्य
लालावाला।
मैले हेर्न सकिन
सुन्न सकिन
अब केही गर्नु छ
कोही त मैदानमा
निस्किनु छ ।

कफन बाँधेर
देशको कशम
खाएर
विश्वको मानचित्रमा
मेरो देशको नाम
उच्च राख्नुछ ।
वायुपंखी घोडाको
वेगमा देश बनाउँदै
देश दौडाहामा
रहँदै
म झल्यास्स भएँ
हैट ओछ्यानमा
चिट चिट पसिना ।


ज्ञान्दरी कैनी