• २०८३ बैशाख ११, शुक्रबार

गजल

बबिता भुजेल

बबिता भुजेल

कसैसँग नगरेर चिनजान मैले
गुपचुप राखेकोछु पहिचान मैले

सिरका मान्छेहरु पाउमा पुग्छन्
बदल्नु पर्यो भने स्थान मैले

तिमीले मन त सम्हाल्न सकेनौ
धन्न सम्हाल्दिएकोछु जहान मैले

दु:खको आगोमा छोडिदिएको छु
बनाएर जिन्दगीलाई ओदान मैले

गाउँको कथामा सहरको व्यथा
खुलाएर लेखेकिछु आख्यान मैले

पूजा नगरे नि आशिर्वाद दिन्छन्
घरैमा राखेकी छु भगवान मैले !


बबिता भुजेल