समाचार
छिट्टै सफल बन्नलाई भ्रम छरे पुग्ने रहेछ
दुःख पाउन अरूको भर परे पुग्ने रहेछ
मान्छे पागल हुनलाई अरू केही गर्नै पर्दैन
मनदेखि नै कसैलाई माया गरे पुग्ने रहेछ ।
कस्तो बेचैनी अनि छट्पटी हुन्छ
एक पलमै पीडा कतिकति हुन्छ
बस्न कसरी सक्नु तिमीबाट टाढा
श्वास रोक्न मुटुको सहमति हुन्छ ।
चोटलाई चोटैले थिचेर मुस्कुराइ दिन्छु
आँसुलाई आँखैमा मिचेर मुस्कुराइ दिन्छु
धारेहात लाउने जमातको कमी छैन यहाँ
घृणालाई मुटुमै किचेर मुस्कुराइ दिन्छु ।
न विश्वास न भरोसा पाइयो
खै कसरी हो नजिक आइयो
ऊ अनेक झुट बोलेर खुसी छ
के सोचेर पो कसम खाइयो ।
सुशिला पौडेल