• २०८३ बैशाख ३, बिहीबार

योद्धा विष्णुबहादुर मानन्धरको आत्मकथा ‘सङ्घर्षका पानाहरू’ विमोचित

काठमाडौँ ।

कम्युनिस्ट नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा विष्णुबहादुर मानन्धरद्वारा लिखित ‘सङ्घर्षका पानाहरू’ पुस्तकको विमोचन गरिएको छ ।काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी मानन्धरको आत्मकथा ‘सङ्घर्षका पानाहरू’को विमोचन गरिएको हो । पुस्तक विमोचन कार्यक्रममा पूर्वराजदूत नीलाम्बर आचार्यले विष्णुबहादुर मानन्धरजस्तो नेता आजको समाजमा फेला पार्न नसकिने बताए ।

मानन्धर सम्पन्न परिवारको व्यक्ति भएपनि एकदमै सादगी र सरल जीवनशैलीमा उनको जीवन बितेको आचार्यको भनाइ छ । उनले स्वच्छ छवि र सरल जीवनशैलीको रूपमा मानन्धरलाई स्मरण गरे । । मानन्धर नेपालको किसान आन्दोलन, कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनको खम्बा रहेको उनको भनाइ छ ।

उनले यो पुस्तकले मानन्धरलाई सदा जीवित राख्ने समेत बताए । उनले मानन्धरको जीवनशैली वर्तमान राजनीतिक परिस्थितिमा अत्यन्तै आवश्यक र उदाहरणीय रहेको उल्लेख गरे । कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, कानुनविद् नीलाम्बर आचार्य, पूर्व मन्त्री गणेश शाह लगायतको उपस्थिति रहेको थियो । पुस्तकलाई पव्लिकेशनले बजारमा ल्याएको हो ।