कविता-हिन्दी
काठमाडौं ।
एपेक नेपालको २७औँ वर्षको उपलक्षमा संस्थाले द्विदेशीय काव्य गोष्ठीको आयोजना गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बुधबार लोकार्पित अनुदित काव्यकृति ‘अनुभूति’भित्रका कविताहरू कृतिभित्रका कविहरूले वाचन गरे ।
‘अनुभूति’मा ३१ नेपाली कविका कविता हिन्दी भाषामा र ३१ भारतीय कविका कविता नेपाली भाषामा अनुवाद गरिएको छ । उक्त कृतिभित्रबाटै कविहरू स्नेह सायमी, डा. धनेश द्विवेदी, विनोद परासर, दीप दर्पण, राजकुमार श्रेष्ठ, भूपिन खड्का, गीता कार्की, गरिमा संजय, मणि लोहनी, मोमिला, शकुन्तला मित्तल, डा. वनिता शर्मा, डा. तूलिका सेठ, निमेष निखिल, भावना तिवारी, विमल वैद्य, किशोर श्रीवास्तव, चन्द्र गुरुङ, डा. कविता मलहोत्रा, शकुन्तला जोशी, उमा सुवेदी, मोनालिसा पंवार, अशेष मल्ल, नमिता राकेश, भोजराज न्यौपाने, ज्योति जंगल, उषा शेरचन, राजेन्द्र शलभ, प्रज्वल अधिकारी, सुधाकर पाठक, छविरमण सिलावाल, विश्वविमोहन श्रेष्ठ र लीला अनमोलले आआफ्ना अनुदित कविता वाचन गरे ।
भारतीय कविले नेपाली भाषामा र नेपाली कविले हिन्दी भाषामा कविता वाचन गरे ।
