समाचार
काठमाडौँ ।
भृकुटीमण्डको सुन्दर बगैँचाको चौतारी पर्यावरणसम्बन्धी संयुक्त लघुकथासङ्ग्रह ‘दोहन’ लोकार्पण गरिएको छ । पर्या अभियन्ता तथा पर्या कवि कृष्ण बाउसे कृष्ण बाउसेको प्रमुख आतिथ्यमा कृतिको लोकार्पण गरिएको हो । वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, लघुकथाविद् डा. पुष्करराज भट्ट, विनोद नेपाल, विनोद नेपाल, दीपक लोहनी, इन्दिरा चापागाई, मनिषकुमार शर्मा, शान्ता तिम्सिना, ध्रुवराज थापा मिसु श्रेष्ठ, बिन्दु अधिकारी ढकाल, टङ्कबहादुर आले मगर, विवेक शर्मा गौतम, प्रेम खनाल लगायतका सर्जकले संयुक्त लघुकथासङ्ग्रह ‘दोहन’ लोकार्पण गरेका हुन् ।
नेपाली पर्या साहित्य प्रतिष्ठानको सहकार्यमा, लघुकथा चौतारीको फेसबुक ग्रुपमा पर्यावरण सम्बन्धी जनचेतनामूलक अभियान अन्तर्गत पर्यालघुकथा प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा ८५ लघुकथा पोस्ट भएका रउत्कृष्ट तीन लघुकथालाई नेपाली पर्या साहित्य प्रतिष्ठानले नगद पुरस्कार अर्पिएको थियो । उक्त प्रतियोगितामा समावेश भएका र अन्य स्रष्टाहरूको लघुकथा समेटेर प्रकाशन गरेको कृतिका सम्पादक किशन पौडेलले बताए ।
हिन्दी भाषाबाट अनूदित केही लघुकथाले यस कृतिलाई बहुभाषिक आयाम प्रदान गरेको छ। ‘दोहन’ लघुकथासङ्ग्रह प्रकाशनमा आएको हो । कृति नेपाल पर्यासाहित्य प्रतिष्ठानका अध्यक्ष, पर्या अभियन्ता विजय हितान सहयोग निकालिएको हो । कलम प्रकाशनले बजारमा ल्याएको हो ।
