• २०८१ चैत ६ बिहीबार

‘काव्य घर नेपाल २०७९’ सम्मान साहित्यकार रेणुका भट्टराईलाई

काव्य घर नेपालले साहित्यकार रेणुका भट्टराईलाई ‘काव्य घर नेपाल २०७९’ बाट सम्मान गरेको छ । झापाको चन्द्रगढीस्थित राधानन्द सिटी मार्केटमा एक कार्यक्रमका बीच उहाँलाई सम्मान गरिएको हो । नेपालीभाषा, साहित्य, कला र संस्कृतिको विकासमा लामो समयदेखि खटेकाले उहाँलाई सम्मान गरिएको हो ।

त्यसैगरी प्राज्ञ हरिचन्द्र लावतीलाई पनि सो सम्मानबाट सम्मान गरिएको थियो । त्यसैगरी सम्मानित भट्टराईको नन्दप्रसाद पौडेलको जीवनीमा आधारित कृति ‘समाजसेवी यात्रामा नन्दप्रसाद’ को पनि विमोचन गरिएको थियो । अतिथिहरूबाट सामूहिक रूपमा विमोचन गरिएको सो कृतिबारे साहित्यकार तिला लेकालीले आफ्ना धारणा राख्नु भएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार चुडामणि रेग्मी प्रमुख आतिथि, पूर्व अञ्चल न्यायाधीश नन्दप्रसाद पौडेल विशिष्ट अतिथि, भद्रपुर नगरपालिकाका उपप्रमुख राधिका कार्की र प्राज्ञ सुभद्रा भट्टराईको विशेष आतिथि रहनु भएको थियो । कार्यक्रममा कृष्ण निराकार, देवीचरण भण्डारी र भद्रपुर नगरपालिका वडा–८ का वडाध्यक्ष मनोज सुब्बालगायतले आफ्ना मन्तव्य राख्नु भएको थियो । काव्य घर नेपालकाअध्यक्ष राजकुमार खड्गाको सभापतित्वमा सप्पन्न सो कार्यक्रमको सञ्चालन संगम सुहाङले सञ्चालन गर्नु भएको थियो ।