काठमाडौं ।
गीतकार वीरेन्द्र पाठकको पहिलो गीतसंग्रह ‘कहीँ घाम कहीँ छाया’को दोस्रो संस्करण एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा शारदा मासिक पत्रिका तथा भुँडीपुराण प्रकाशनको आयोजनामा सम्पन्न कार्यक्रममा गीतकार राजेन्द्र थापालगायतले कृति लोकार्पण गरे ।
उक्त अवसरमा पाठकको तेस्रो गीतसंग्रह ‘लहरी लहरी’माथि अन्तक्र्रियात्मक छलफल गरियो । छलफलमा प्रा. सुधा शर्मा, मुरारीराज मिश्र र सुमन थापा संगमले आफ्ना धारणा राखे । कार्यक्रममा लोकार्पित कृतिमाथि समालोचक तथा साहित्यकार प्रमोद प्रधानले समीक्षात्मक टिप्पणी गरे । उक्त कार्यक्रममा राजेन्द्र थापा, गीतकार पाठक, साहित्यकारहरू विमल भौकाजी, प्रकाशक केशव पराजुलीलगायतले धारणा राखे ।
