कविता
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको शपथको पूर्वसन्ध्यामा नयाँ ¥याप गीत ‘जय महाकाली’ सार्वजनिक गरेका छन् । बालेन्द्रकै आधिकारिक युट्युब च्यानलमार्फत बिहीबार साँझ रिलिज भएको उक्त गीतमा शब्द, संगीत र स्वर उनकै छ ।
गत प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा देशको पूर्वदेखि पश्चिमसम्मको आफ्नो चुनावी यात्रालाई समेटेर बनाइएको भिडियोमा मानिसहरूसँगको भेटघाट, संवादका दृश्यहरू राखिएका छन् । गीतमा उनले देश बनाउन गोर्खाली अघि आएको बताएका छन् । बालेन्द्र शाहले शुक्रबार दिउँसो प्रधानमन्त्रीको शपथ लिदैछन् ।
