समाचार
खराब रहेछ छातीमा, निदाउने बानी पनि
आज त कति चाँडै भएछ बिहानी पनि
म कल्पनामै खुसीको उत्खनन् गर्न खोज्छु
फेरि के गर्छगर्छ यार ! यो जिन्दगानी पनि
एक समय साथीको हुलाकी बनेर हिँडियो
एक समय गरियो प्रेम नजानी–नजानी पनि
कसैको आगमन भएन, तिमी निस्कियौ जब
अचेल सुनसान छ, दिलको राजधानी पनि
सोच्छु अब त बाटो बिराउँदिन गन्तव्य भेट्नु छ
फेरि कहाँ –कहाँ ठोकिन्छ आँखाको निसानी पनि ।।
सृष्टि सावित्रा