समाचार
काठमाडौं ।
नइ एकेडेमीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवद्र्धनमा समर्पित दुई प्राध्यापकलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले प्रा.डा. ताराकान्त पाण्डे र प्रा. खेमराज जोशीलाई उक्त पुरस्कार प्रदान गर्ने जानकारी गराएका छन् । पुरस्कारका साथ नगद राशि जनही ५०/५० हजार रुपैयाँ समेत प्रदान गरिनेछ ।
नइ एकेडेमीले आयोजना गर्ने नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको अवसरमा सम्बन्धित परिवारका सदस्यलाई उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ ।
