• २०८२ फाल्गुन २१, बिहीबार

विजय मल्ल शताब्दी महोत्सवमा सर्जक पुरस्कृत

काठमाडौं ।

नइ एकेडेमीले साहित्यकार विजय मल्लको स्मृतिमा शताब्दी महोत्सव मनाएको छ । यस अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको सम्वद्र्धनमा उल्लेखनीय योगदान पु¥याएका ४६ जनालाई पुरस्कृत गरिएको छ ।

नइ एकेडेमीका अनुसार, समालोचक प्रा. डा. वासुदेव त्रिपाठीलाई ‘विजय मल्ल नइ शताब्दी पदक’ प्रदान गरियो । प्रा. डा. वासुदेव त्रिपाठीले विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई प्राज्ञिक कार्य गरेबापत नेपाल तथा भारतका सात प्राज्ञलाई जनही २५/२५ हजार रुपैयाँ नगद राशिसहित ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरेका हुन् ।

कार्यक्रममा पुरस्कृत हुनेमा डा. रमा शिवाकोटी, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. लेखराज खतिवडा, डा. गोपालप्रसाद गैरे, डा. भगवानचन्द्र ज्ञवाली, डा. नित्यानन्द खतिवडा र प्रा. डा. कृष्णराज घतानी छन् ।

यस्तै, विजय मल्लका सिर्जनात्मक कृतिमा आधारित नाट्यमञ्चन तथा चलचित्र निर्माणमा उल्लेखनीय योगदान दिएबापत ‘विजय मल्ल नइ शताब्दी पदक’ अंशुमाला शाही, कृष्ण मल्ल, प्रा. केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा, चैत्यदेवी, टीका पहारी, प्रा. डा. दयाराम श्रेष्ठ, डा. दुर्गाबहादुर घर्तीमगर, प्रा. डा. देवीप्रसाद गौतम, प्रा. डा. देवीप्रसाद सुवेदी, नगीना जोशी, नगेन्द्र थापा, नारायणदेवी प्रधान, नीर शाह, प्रेमबहादुर बस्नेत, भुवन केसी, मदनदास श्रेष्ठ, प्रा. डा. महादेव अवस्थी, मुरलीधर, मोतीशोभा श्रेष्ठ, रवीन्द्र खड्का, राधेश्याम प्रधान, रीतादेवी प्रधान, रेणु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, वसन्त श्रेष्ठ, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षत्री, सुषमा शाही, सूर्यमाला शर्मा, हरिबहादुर थापा, हरिहर शर्मा र प्रा. डा. हेमचन्द्र नेपाललाई प्रदान गरियो ।

उक्त अवसरमा एकेडेमीका कुलपति इन्दिरा प्रसाई, प्रा. डा. त्रिपाठी, प्रा. डा. दयाराम श्रेष्ठ, प्रा. डा. कृष्णराज घतानी, चैत्यदेवी, मदनदास श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, हरिहर शर्मा र सदस्यसचिव नरेन्द्रराज प्रसाईले साहित्यकार विजय मल्लको योगदानबारे चर्चा गरेका थिए ।