समाचार
काठमाडौं ।
नइ एकेडेमीले नेपाली भाषासाहित्यको पठनपाठन तथा अनुसन्धानका साथै, ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा योगदान पुरयाउने भारतका नौजना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कारकासाथ नगद राशि जनही ५०/५० हजार रुपैयाँ प्रदान गरिने छ ।
एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईंद्वारा प्रेषित विज्ञप्तिअनुसार भारतीय प्राध्यापकहरू प्रा.डा. कविता लामा, प्रा. डा. कृष्णराज घतानी, डा. टेकबहादुर छेत्री, प्रा. डा. दिवाकर प्रधान, डा. दैवकीदेवी तिम्सिना, प्रा.डा. पुष्प शर्मा, डा. राजकुमार क्षेत्री र प्रा. डा. सञ्जय राई तथा डा. अरुणा राई (संयुक्त)लाई नइ प्रज्ञा पुरस्कार प्रदान गरिने छ । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कारको निर्णय गरेको हो ।
