वसन्तवेला
काठमाडौं ।
आयोजित एक कार्यक्रममा गजलकार कमल संघर्षद्वारा लिखित गजल सङ्ग्रह ’हियाका कुडा’ र अर्को साहित्यकार किरण आचार्यद्वारा लिखित पौराणिक आख्यान ’शैलसुते’सार्वजनिक गरिएको छ । गजल सङ्ग्रह ’हियाका कुडा’ लोकार्पण समारोहमा विवेक ओझा, शितल कादिम्बनी, पूर्ण रावल, लेखक कमल संघर्ष र पुष्पराज पौडेलद्वारा संयुक्तरुपमा लोकार्पण गरिएको थियो । न्याधन रामन, लक्ष्मण संगम, मदन बुढाले सङ्ग्रहमा रहेका गजल वाचन गर्नुभयो भने पूर्ण रावलले कमलले गजलमा खस भाषालाई जोडेर देशलाई नै गुन लगाएको बताउनुभयो ।
शितल कादम्बिनीले कमल हियाका कुडा पढेपछि आफूलाई डाह र इख लागेको बताउनु भयो । गजल जति पटक पढ्दा पनि त्यति धेरै पढ्न मन लाग्ने बताउनुभयो । उहाँले आफूले मन परेको गजल गायन पनि गर्नुभयो । विवेक ओझाले कमल आफ्नो समकालीन रहेको र उसका गजल आफू सधैँ प्रभावित रहेको र हियाका कुडामा पश्चिम नेपालको इतिहासलाई गजलसित जोड्न साफल भएकोमा थप खुसी लागेको बताउनुभयो । लेखकले आफ्नो तेस्रो कृतिमा पनि पहिलाजस्तै मेहनेत गरेकाले पाठकहरुले मन पराउने बताउनुभयो । कमल संघर्षका सडक र खुडी प्रकाशित छन् । त्यसरी नै, साहित्यकार किरण आचार्यद्वारा लिखित पौराणिक आख्यान ’शैलसुते’ लोकार्पित कार्यक्रममा कमल रिजाल (आख्यानका लेखक तथा पत्रकार), राजकुमार बानियाँ (पत्रकार, समालोचक), तारा रेग्मी (पठन संस्कृतिका अभियन्ता) लेखक किरण आचार्य, प्रकाशक पुष्पराज पौडेलद्वारा लोकार्पण भएको थियो ।
तारा रेग्मीले किताबमाथि समीक्षा गर्दै शिक्षकहरुलाई एउटै उपन्यासमा पढ्न पाउनु र खोज र अनुसन्धान गरेर लेखिएको हुँदा उपन्यास अब्बल रहेको शैलसुते जस्तो उपन्यास पढ्न हो भने धर्म परिवर्तन नहुने र इन्द्र राजाले सोमरस बनाउनेलाई नबुचे वैज्ञानिक थुनामा राखेर पिडा दिएको प्रशंसा सारै राम्रो लागेको बताउनुभयो । राजकुमार बानियाँले शैलसुते उपन्यास दुर्लभ र मोलिक साहित्य रहेको र नेपालमा मात्र नभए भारतमा पनि माता पार्वतीको बारेमा लेखिएको नभेटिएको बताउनुभयो । यस उपन्यासलाई व्यालिसक भन्न सकिने बताउनु व्यलिसक उपन्यास हुनका लागि सबै गुण रहेको बताउनुभयो ।
कमल रिजाल पौराणिक आख्यान लेखनका लागि लामो तपस्या र समर्पण चाहिने बताउँदै शैलसुतेले पौराणिक नारीपात्रमाथि लेखिएको र लेखकबाट आफू प्रभावित रहेको बताउनुभयो । कथन र विषयवस्तुले कौतहूलता प्रदान गर्दै निरन्तर तान्दै लैजाने र उपन्यास अन्तिमसम्म पनि के होला के होला भन्ने बनाउन सक्षम भएको छ । लेखक किरण आचार्यले आफूले प्रयास गरिरहेको र गर्ने बताउँदै आफ्नो प्रयासलाई पढेर सुझाव सल्लाह दिन अनुरोध गर्नुभयो । जत्कारु, परशुराम, अहिल्या किरण आचार्यका अन्य प्रकाशित उपन्यास हुन् ।
