समाचार
उदयपुर ।
कवि तथा कथाकार कुमार कोइरालाद्वारा लिखित कथा सङ्ग्रह सानुभााइ शनिबार एक कार्ययक्रमका विचमा बेलका नगरपालिकाको सभा हलमा एक भव्य र सभ्य कार्यक्रमका विचमा सामुहिक रुपमा विमोचन भएको छ । उदयपुर साहित्य कला प्रतिष्ठानको आयोजनामा र बेलका नगरपालिका उदयपुरका नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यतामा भयको सो कार्यक्रममा विमोचित पुस्तकको प्रकाशक पनि आयोजक संस्था नै रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि बेलका नपाका प्रमुख कार्कीले साहित्यिक क्षेत्र भनेको ममहासागर हो । यसमा डुबुल्कीि मार्न जो कोही नसक्ने बताए । उनले साहित्य कला संस्कृति समाजको चित्रण हो र हामीले साहित्यले देखाएको बाटो,लेखक कलाकर्मीहरुले सिर्जना गरेका कृतिहरुलाई हाम्रो सम्पतिका रुपमा संरक्षण गरेर अघि बढनु पर्ने बताए ।
कार्यक्रममा सानुभाइ कथासङ्ग्रहका लेखक कुमार कोइरालाले सानू भाइ शीर्षकको कथा वाचन गरेका थिए । उदयपुरका प्रथम कथाकार शारदा प्रसाद भट्टराई, नेपाली लेखक सङ्घ उदयपुरका अध्यक्ष बासुदेव पोखरेल, उदयपुर साहित्य कला प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रे, रविन्द्र राजा शाही, कीर्ति बहादुर खड्का लगायतका स्रस्टाहरुले शुभकामना मन्तव्य दिएका थिए ।
सो कार्यक्रममा शारदा प्रसाद भट्टराई, रविन्द्र राजा शशनही र डा कैलाश राईले कथा सङ्ग्रहको सङ्क्षिप्त रुपमा समीक्षा गर्नु भएको थियो । कार्यक्रम उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा कैलाश कुमार राईको अध्यक्षतामा र सचिव सरिता पौडेल गुरागाईको संचालनमा र संयोग कोइरालाको स्वागत मन्तव्यबाट शरु भएको थियो ।
