• २०८२ माघ २७, मंगलवार

चैत १३ देखि टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण सुरु

काठमाडौं ।

टीकापुर साहित्य महोत्सव यस वर्ष आउँदो चैत १३ देखि १५ गतेसम्म गरिने भएको छ । टीकापुर साहित्य समाजले उक्त मितिमा महोत्सव आयोजना गर्ने घोषणा गरेको हो ।

महोत्सवमा प्रत्येक दिन सात बहस सत्र हुनेछ । कुल २१ बहस सत्र रहने समाजले जानकारी गराएको छ । नेपाली साहित्यका अध्येता, समालोचक एवम् भाषाविद् प्रा. डा. माधवप्रसाद पोखरेलले ‘हाम्रो जाति, भाषा र संस्कृति’ शीर्षकमा विद्वत् प्रवचन दिने समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस वर्षको महोत्सव थारू साहित्य तथा सांस्कृतिक उत्सव विशेष संस्करण भएको समाजले जनाएको छ ।

नेपालका विशेष गरी कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङदेउखुरीमा थारू समुदायको बाहुल्य छ । ‘थारू भाषा तथा संस्कृति नेपालीको विशिष्ट मौलिक सांस्कृतिक परम्परा र पहिचान भएकोले यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले यो महोत्सवको आयोजन गर्न लागेको’ विज्ञप्तिमा उल्लेख छ ।