• २०८२ माघ २५, आईतवार

रहेनन् वरिष्ठ कलाकार सुनिल थापा

काठमाडौँ ।

हृदयाघात भएपछि थापालाई उपचारका लागि नर्भिक अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको थापा निकट रहेका कलाकार वील्सन विक्रम राईले जानकारी दिएका छन् । छोराहरू भारतमा रहेकाले उनीहरू आउने तरखर गर्दै गरेको र नजिकका आफन्तहरू लुभुमा रहेकाले उनीहरू आउने प्रतीक्षा भइरहेको अभिनेता राईले बताए ।

यस्तै कलाकार केदार घिमिरेले पनि आफ्नो फेसबुक वालमा थापाको निधनमा दुःख व्यक्त गर्दै जानकारी दिएका छन् ।थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।