• २०८२ माघ २३, शुक्रबार

हृदयचन्द्र स्मृति सम्मान वि.सं. २०८२ रामविनय श्रेष्ठलाई

काठमाडौँ ।

साहित्य सदन नेपालले प्रत्येक बर्ष प्रदान गर्दै आइरहेको “हृदयचन्द्र स्मृति सम्मान” २०८२ का लागि रामविनय (रामकुमार श्रेष्ठ)लाई प्रदान गर्ने घोषणा गरेको छ । यो सम्मानका साथमा ५० हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । साहित्य सदन नेपालका सचिव प्रह्लाद पोखरेल हस्ताक्षरित विज्ञप्ति अनुसार सो सम्मान आगामि फागुन ४ गतर हृदयचन्द्र स्मृति दवसका अवसरमा प्रदान गरिनेछ ।

सम्मानका लागि छनौट गरिएका रामविनय उमेरले ८२ वर्ष पूरा गरिसकेका प्रतिभा हुन् र उनका कविता, कथा, ललीत निबन्ध, नियात्रा, संस्मरण र आत्मकथा विधाहरूमा एक दर्जन बढी कृतिहरू प्रकाशित छन् ।