• २०८२ माघ २९, बिहीबार

बद्रीप्रसाद ढकालका दुई पुस्तक लोकार्पण

काठमाडौँ ।

साहित्यकार तथा अनुसन्धाता बद्रीप्रसाद ढकालको जन्मदिनको अवसरमा प्रकृति, पर्यावरण र साहित्य र देवकोटाका समग्र निबन्ध को सडक लोकार्पण गरिएको छ । राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीको प्रमुख आतिथ्यमा कृति लोकार्पण गरिएको हो ।

प्रमुख अतिथि प्रा. डा केसी, साहित्यकारहरू नवराज रिजाल, डा. शंकर गैरे लगायतले ढकालको प्रकृति पर्यावरण र साहित्य र महाकवि देवकोटाका सम्पूर्ण निबन्ध कृति लोकार्पण गरेका हुन् । ऋग्वैदिककालदेखि नै लेखिंदै आएको प्रकृतिको चित्रण र मानव सभ्यताको विषयलाई साहित्यमा कसरी प्रयोग भएको छ भन्ने खोजअनुसन्धान गरिएको प्रकृति, पर्यावरण र साहित्यमा वेद, रामायण, महाभारत, संस्कृत साहित्य हुँदै नेपाली साहित्यका विभिन्न ग्रन्थमा भएको प्रकृति चित्रणको सन्दर्भ र उदाहरण प्रस्तुत गरिएको छ ।

त्यस्तै महाकवि देवकोटाका सम्पूर्ण निबन्धमा देवकोटाले लेखेको तथा अनुवाद गरिएका चार कृतिका सबै निबन्ध समाविष्ट गरिएको छ ।