समाचार
काठमाडौँ ।
अभिनेता राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को पहिलो गीत सार्वजनिक भएको छ । निर्माण पक्षले अमेरिकामा खिचिएको फिल्मको ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ बोलको गीत सार्वजनिक गरेको हो ।
गीतको भिडियोमा श्याम क्षेत्री, एञ्जेला बस्नेत, लोकेश भित्रीकोटी लगायतको अभिनय छ । गीतमा प्रताप दासको स्वर, नवीन कार्कीको संगीत र डीपी खनालको शब्द समावेश छ । नेपालबाट भविष्य खोज्दै अमेरिका पुगेको नेपालीले स्थायित्वका लागि गर्ने संघर्षको कथा फिल्ममा छ ।
श्याम क्षेत्री र राम अधिकारीले संयुक्त निर्देशनमा बनेको यो फिल्ममा अभिनेता हमालसँगै सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रिकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीको अभिनय छ । ‘सिजल एन्ड सिस्टर फाउन्डेसन फर नेपाल’को सहकार्यमा बनेको फिल्मलाई अमृत बिसुवाले खिचेका हुन् । फिल्म फागुन १५ देखि प्रदर्शनमा आउँदै छ ।
