समाचार
काठमाडौं ।
नियात्रासाहित्यमा कलम चलाउँदै आएका साहित्यकार जय छाङ्छाको नयाँ पुस्तक ‘प्राचीन नियात्रा साहित्यको विश्लेषणात्मक अध्ययन’ प्रकाशित भएको छ । यस अनुसन्धानकृति भित्र प्राचीन नेपाली एवं पाश्चात्य नियात्राको प्रवृत्ति, नियात्रा सिर्जनामा अस्पष्टताको अवस्था, नियात्रामा बिम्बविधानलगायतका विषयहरू समेटिएको छ ।
