समाचार
‘उन्नयन’ त्रैमासिकका सम्पादकको रूपमा प्रख्यात साहित्यिक पत्रकार, साहित्यकार अच्युतरमण अधिकारीको आज २०८२ पौष २८ गते अपरान्ह अनामनगरस्थित आफ्नै निवासमा निधन भएको छ ।
७४ वर्षीय उहाँ अर्जाइमर्सबाट पीडित हुनुहुन्थ्यो र पछिल्लो समय उहाँमा स्नायुसम्बन्धी समस्या पनि देखिएको थियो । साहित्यिक पत्रकारिताको अतिरिक्त साहित्यमा उहाँ समालोचना लेख्ने गर्नुहुन्थ्यो । उहाँका ‘विवेचनै विवेचना’ समालोचना सङ्ग्रह प्रकाशित छ। त्यस बाहेक फुटकरमा निबन्ध , कविता, गीत पनि लेख्नु भएको छ ।
