• २०८२ फाल्गुन ९, शनिबार

विष्णु माझीको ‘दुधै फाटेसी’ सार्वजनिक

काठमाडौँ ।

लोक गायिका विष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक भएको छ ।
राजनराज शिवाकोटीको शब्द, संगीतमा तयार भएको गीतमा विष्णुलाई राजनले नै स्वरमा साथ दिएका छन् ।

गीतमा श्याम श्वेत रसाइलीको एरेन्ज छ । पुरानो गीतलाई नयाँ भर्सनमा राखिएको हो । गीतको पुरानो भर्सनमा विष्णु माझी र राजु परियारको स्वर रहेको थियो भने बीबी अनुरागीको एरेन्ज रहेको थियो । अब यो गीतलाई राजनराज शिवाकोटीले नयाँ शैलीमा तयार पारेर बजारमा ल्याएका हुन् ।

गीतको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी र निर्देशन छ । भिडियोमा राजन राज शिवाकोटी, सुनिशा बजगाई, प्रभात पल ठकुरी र जुना विश्वकर्मा फिचर छन् । पवन सुस्लिङ्गको छायाङ्कन र सम्पादन भिडियोमा छ ।