• २०८२ माघ २०, मंगलवार

हेमन्त कविगोष्ठी सम्पन्न तथा छोरी हूँ म कवितासंग्रह लोकार्पण

काठमाडाै ।

अभिनवको १८७ अ‍ौँ शृङ्खला गोकर्णेश्वरमा शारदा पराजुलीको सञ्चालन, उपाध्यक्ष विमल अर्यालको सभापतित्व र गङ्गा कर्माचार्य पौडेलको प्रमुख आतिथ्यमा हेमन्त कविगोष्ठी सम्पन्न गरिएको छ ।

कार्यक्रममा कोषराज न्यौपाने, बूँद राना, मन्दिरा मधुश्री, प्रह्लाद पोख्रेल, अप्सरा ढकाल, मुक्ति गौतम लगायतको विशेष आतिथ्य रहेकाे थियाे ।

कार्यक्रममा सरिता दुलाल घिमिरेको कविता सङ्ग्रह “छोरी हूँ म”को लोकार्पण गरिएको छ । ७० जनाजति साहित्यकार, साहित्यप्रेमीहरूको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा लोकार्पित पुस्तकको समीक्षा साहित्यकार परशुराम पराशरले गर्नुभएको थियो ।