म्याद गुज्रन सक्छस तोकिएको भाका सकिन सक्छ
आउँछु भनेर हिडेका थियौ भने बाचा सकिन सक्छ
कहिल्यै नजरमा नआउनु हैस बाटो हेरेर कुरिरहनेको
कसैको मन मर्न सक्छस बाच्ने आशा सकिन सक्छ !!
यादका चिम्टी नपठाऊ,यो छट्पटीको फाँको नपठाऊ
सुस्तरी रेट्छ यो छाती प्रेमिल स्पर्शको बाँको नपठाऊ
मध्यराति झस्कन्छु, चिमोट्छन् मायाका नङ्ग्राहरूले
ऐँठनले पग्लिएको छुस बिन्ती यौवनको राँको नपठाऊ !!
तिम्रो काखमा शिर राख्न पाए
कोमल चरणमा पीर राख्न पाए
जीवनभर तिमीलाई मात्रै हेर्ने थे
जोडी नयनमा झिर राख्न पाए !!
केही पाउनु र गुमाउनुको मतलब बल्ल बुझ्दैछु
आखिरी, शुन्य आउनुको मतलब बल्ल बुझ्दैछु
बुझेछस झ्यालखानामा राख्ने ढुङ्गाको कान हुँदैन
कोही मधुशाला धाउनुको मतलब बल्ल बुझ्दैछु !!
चेतन पथ माधव