• २०८२ पुष २६, शनिबार

चेतन राईको ‘मेरो देश नेपाल’ सार्वजनिक

काठमाडौँ ।

चेतन राईको स्वर तथा संगीत रहेको गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ। नेपाली मौलिक संगीत, साहित्य र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘मेरो देश नेपाल’ गीत तथा भिडियो सार्वजनिक गरिएको हो । पूर्व उपसचिव तथा भाषा आयोगकी सदस्य साहित्यकार उषा हमालको प्रमुख आतिथ्य र कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल संगीत कल्याण कोषका अध्यक्ष, गायक तथा संगीतकार रमेश पाठक, राप्ति समाजका अध्यक्ष, गायक तथा संगीतकार गोविन्द मधुर आचार्य र निर्देशक तथा कोरियोग्राफर कृष्ण रसालको विशेष उपस्थिति थियो । गीतकार राजाराम पौडेलको गीतको एरेञ्ज सबिर कार्की र मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका हुन् । गीतको भिडियोमा चेतन राई, प्रवीण पुरी, सागर बासेल, अनिता पराजुली, समीक्षा पौडेल, रिता आच्छामी र सुमी लामाको अभिनय देख्न सकिन्छ।त्यस्तै बालकलाकार चिरायुविक्रम राई र चाहना राईले पनि कलात्मक रूपमा अभिनय प्रस्तुत गरेका छन् ।

भिडियोको छायांकन सविन तिमल्सिनाले गरेका छन् भने ड्रोन छायांकन योगराज विश्वकर्माले गरेका छन् । भिडियो सम्पादन तथा रंग संयोजन राज धामीले गरेका हुन् । सहायक निर्देशन प्रवीण पुरीले सम्हालेका छन् । निर्देशन स्वयं चेतन राईले गरेका हुन् । सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य सेकाइ इन्टरटेन्मेन्ट मार्फत सम्पन्न भएको छ ।

गीत तथा एल्बमले नेपाली समाजका यथार्थ, संवेदना र मौलिक संस्कृतिलाई संगीत र दृश्यको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेको छ। सिर्जनाले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।