जोर्डनको कविता
काठमाडौँ ।
मिलाप मासिकले उपन्यासकार नगेन्द्र न्यौपानेको चौथो उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरेको छ । साहित्यकार प्राध्यापक पुरूषोत्तम दाहालको अध्यक्षता र प्राडा शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि, सभाध्यक्ष, विशेष अतिथि खेमनाथ दाहाल लगायतले कृतिको लोकार्पण गरेका हुन् ।
समीक्षक डा. अम्बिका अर्यालले उपन्यासमामा गल्ती गर्नेले छाती फुकाएर हिंडेको र गल्ती नगर्नेले यातना खेपिरहेको तीतो यथार्थ उपन्यासमा समेटिएको बताइन् । त्यस्तै डा. यज्ञेश्वर निरौलाले नमितासुमिता काण्डमा आधारित उपन्यासमा मान्छेको क्रूरताको चित्रण गरिएका बताए। यस्तो घटना नदोहोरियून् भन्ने सचेत गराउन उपन्यासकारको ध्येय हुन सक्ने पनि उनले बताए ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले डायास्पोरिक स्रष्टाहरूले नेपाली साहित्यको समृद्धिका लागि उल्लेखनीय काम गरिरहेको बताए । त्यस्तै महाकाव्यकार खेमनाथ दाहालले कठोर साधनामा लेखिएको उक्त उपन्यासले उपन्यास लेख्न चाहनेहरूलाई सन्दर्भ सामग्रीको काम गर्ने बताए । साहित्यकार कृष्ण भुसालले सञ्चालन गरेको कार्यक्रमका गीत अधिकारीले शब्द मार्फत सहभागीहरूला स्वागत गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिति शैलेन्दुप्रकाश नेपालले इतिहास बुझ्ने उपन्यास निकै भरपर्दाे भएको बताए । उनका त्यस्तै हराएका कैदीहरू (कवितासंग्रह), अन्तिम घुट्को (कथासंग्रह), यात्राको बङ्गालादेश (यात्रासंस्मरण), कङ्गो र इथोपियाको सेरोफेरो (नियात्रासंग्रह), बर्मा र थाइल्यान्डभित्र नेपाल (नियात्रासंग्रह),उल्टो रिस (उपन्यास), दरबारबाहिरकी महारानी (उपन्यास), खण्डहर दरबार (उपन्यास) प्रकाशित कृति हुन् ।
कार्यक्रममा गणेश सुवेदी, बद्री अधिकारी, राजेन्द्र दाहाल, बोधराज पौडेल, मदन अधिकारी, रमेश पाठक, सफल पौडेल, सुरेन्द्र थापा,श्रीराम राई लगायतको स्रष्टा,पत्रकार को उपस्थिति रहेको थियो ।
