कविता-मारवाडी
काठमाडौँ ।
नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा समाजको १९औँ स्थापना दिवसको अवसरमा युवा कवि गोष्ठी सम्पन्न भएको छ । साउथ वेस्टर्न स्टेट कलेजको सहआयोजनामा आयोजित उक्त गोष्ठी डा. राजेन्द्र के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
गोष्ठीमा अतिथि कविका रूपमा कृष्णप्रसाद जस्ताघरे, सुशिला धमला, एलिसा ढुंगाना, पार्वती अधिकारी ‘पारु’, अञ्जना पौडेल र विमला दाहाल सहभागी हुनुहुन्थ्यो । त्यसैगरी युवा तथा विद्यार्थी कविहरू खुशी लामा, ललिसा बानियाँ, निर्मला बुढा क्षेत्री, एन्जल अधिकारी, प्रविण नगर्ची, ओजस्वी श्रेष्ठ, सुशील चापागाईँ, सिना श्रेष्ठ, फेसन उदास, योगेश पनेरु लगायतले आफ्ना कविता वाचन गर्नुभयो ।
वाचन गरिएका कवितामाथि समालोचक डा. शैलेन्दुप्रकाश नेपालले समग्र टिप्पणी प्रस्तुत गर्नुभएको थियो । नेपाल स्रष्टा समाजका महासचिव प्रकाश घायलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा पवन आलोक सहभागी हुनुहुन्थ्यो । चेतनपथ माधवले सञ्चालन गर्नुभएको कार्यक्रममा डा. शान्तिमाया गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।
गोष्ठीमा सहभागी कविहरूलाई प्रमुख अतिथि डा. राजेन्द्र के.सी.ले प्रमाणपत्र वितरण गर्नुभएको थियो । आयोजकका अनुसार समाजको १९औँ स्थापना दिवसको अवसरमा तीनदिने कार्यक्रम आयोजना गरिएको छ, जस अन्तर्गत पहिलो दिन युवा कवि गोष्ठी सम्पन्न भएको हो ।
