• २०८२ पुष २८, सोमबार

शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८२ सम्पन्न

काठमाडौँ ।

शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८२ बाट महासमालोचक प्रा. डा. वासुदेव त्रिपाठी र वरिष्ठ गायिका मीरा राणा सम्मानित हुनुभएको छ ।

वरिष्ठ गायक शम्भु कुमार मिलनको ५ औँ वार्षिक स्मृति दिवसको अवसर पारेर शम्भु निर्मला कला साहित्य समाजद्वारा काठमाडौँमा आयोजित समारोहमा साहित्य तर्फबाट महासमालोचक प्रा. डा. वासुदेव त्रिपाठी र संगीत तर्फबाट वरिष्ठ गायिका मीरा राणालाई शम्भु निर्मला विशिष्ट साधक सम्मानबाट सम्मानित गरिएको हो ।