• २०८२ माघ १८, आईतवार

प्राचिन र वर्तमान नेपाल

अर्जुन झा

अर्जुन झा

मञ्जुश्रीको देशमा गोपाल र अहिरले गरे शासन
किराँत पछि लिच्छविहरूले ल्याए कुशल प्रशासन

याद गरौँ अंशुवर्माको त्यो स्वर्णिम काल
तत्कालीन सम्बन्ध र सामाजिक सुधारका उनी थिए मिसाल

त्यही बखत नेपालमा सहिष्णुता फस्टाएका
हिन्दू, बौद्ध र किराँतहरू सँग-सँगै रमाएका

संस्कृत र पाली भाषामा चल्थ्यो गुरुकुल शिक्षा
नैतिकता र सदाचारको दिइने गरिन्थ्यो दिक्षा

पछि मल्लहरूसँगै आयो मध्य काल
बाईसे चौबिसेमा टुक्रिन पुग्यो पश्चिम नेपाल

त्यही टुक्रालाई पृथ्वीनारायण शाहले गर्नुभो एकीकरण
राजमाता र बहादुर शाहको योगदान पनि रहोस स्मरण

हाम्रा एकताबाट तर्सिएर अङ्ग्रेज निहुँ खोजेका
अधिनस्थता होइन हाम्रा पूर्वजले युद्ध नै रोजेका

त्यसपछि नेपालमा राणा शासन उदायो
नेपालीले न्याय र स्वतन्त्रतालाई गुमायो

आज हुन्छ जाति र समुदायमा राजनीति
लाग्छ हामी बिर्सिन लाग्यौँ नेपाली संस्कृति

आजको परिवेशमा यो हो परम आवश्यकता
राष्ट्रप्रति देखाउनु पर्छ सजगता र एकता

देश भित्रका विविधतालाई गर्नुपर्छ सम्मान
ईर्ष्या होइन एक-अर्कामा गर्दै जाऔँ गुमान

पहाडी, मधेशी या त हिमालमा बस्ने हिमाली हो
हामी सँगै बस्दै आएका सबै वर्ग नेपाली हो !!


अर्जुन झा