समाचार
पोखरा ।
पोखरा महानगरपालिकाले ६७औँ स्थापना दिवसमा नौ जनालाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गरेको छ । महानगरपालिकाले फरकफरक विधाबाट पोखरा महानगरपालिकालाई योगदान पुरयाउने पोखरेलीलाई महानगरले नवरत्न सहित सम्मान गरेको हो ।
चर्चित ब्यान्ड नेपथ्यका अमृत गुरुङलाई गायन÷संगीत क्षेत्रबाट र चन्द्रकान्त बराललाई धार्मिक पर्यटन/कृषि उद्यम क्षेत्रबाट नवरत्न सम्मान प्रदान गरिएको छ । पुम्दीकोटमा विशाल शिवमूर्ति बनाउने तथा धार्मिक पर्यटक भित्र्याउन बरालको योगदान रहेको छ ।
यस्तै, चन्द्रकृष्ण कर्माचार्यलाई समाजसेवा÷उद्योग क्षेत्रबाट सम्मान गरिएको छ भने साहित्य क्षेत्रमा साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकारिता क्षेत्रबाट अग्रज पत्रकार तिलकमान गुभाजु, स्वास्थ्य क्षेत्रबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्रा. डा. बुद्धिबहादुर थापाले पोखरेली नवरत्न पाए ।
पोखराको खेलकुद र शिक्षा क्षेत्रमा योगदान पु¥याउने प्रा।डा विरेन्द्रसिंह गुरुङ, महिला उद्यमी रामकली खड्का तथा उद्योगी हरिप्रसाद पाण्डेलाई पनि पोखरेली नवरत्नसहित सम्मान गरिएको हो । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरूलाई जनही दुई लाख, दुई हजार दुई सय दुई रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।
