• २०८२ पुष ४, शुक्रबार

जीतबहादुर शाहको ‘ध्यानाकर्षण’ माथि अन्तरक्रिया सम्पन्न

काठमाडौँ ।

ज्ञान बहुमुखी क्याम्पसले कथाकार जीतबहादुर शाहको ‘ध्यानाकर्षण’ लघुकथासंग्रहको अन्तरक्रिया गरेको छ । विद्यार्थीको जिज्ञासा, लेखकको विचार अन्तरक्रियामा ज्ञान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेकबहादुर गुरुङको अध्यक्षतामा भएको हो ।कार्यक्रममा प्राज्ञ महानन्द ढकालले नयाँ सर्जक जन्माउन तथा साहित्यका पाठकहरू बढाउन विद्यालय तथा विश्वविद्यालयहरूमा लेखकसँग अन्तरक्रिया तथा विधागत कृतिको समीक्षात्मक कार्यक्रम गर्नुपर्ने बताए ।

प्राज्ञ ढकालले पछिल्लो समय बाँके र बर्दियाका सर्जकहरूलाई उत्प्रेरित गर्ने गरी शाह जस्ता अनुभवी लेखकहरू साहित्य सिर्जनामा सक्रिय भएको देख्दा खुसी लागेको बताए। उनले साहित्य र जीवन एक अर्काका परिपुरक भएको बताउँदै साहित्य सिर्जनाले कल्पनाशीलता बढाउने भएकाले विद्यार्थीहरूका लागि साहित्यिक माहोल झनै आवश्यक रहेको बताए । समालोचक डम्बर खत्रीले जीतबहादुर शाहको ‘ध्यानाकर्षण’ को समीक्षा गर्दै यो कृति अनुभवहरूको सँगालो भएको बताए। जुनसुकै उमेर समुहका व्यक्तिका लागि समेत उपयुक्त रहेको यो सङ्ग्रहले राजनीतिक, सामाजिक र शैक्षिक विषयवस्तुलाई बढी जोड दिएको बताए ।

कृतिका छपन्न कथाले कुनै न कुनै रूपमा जीवन उपयोगी दर्शन वा सन्देश बोकेको हुनाले ‘ध्यानाकार्षण’ कृतिको महत्त्व रहेको बताए । कृतिकार शााहले आफ्नो लेखनको विषयवस्तु समाज र विद्यार्थी भएकाले साहित्यकार तथा विद्यार्थीहरूका बीचमा अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको बताए । उनले अध्ययन र अभ्यासले मानिसलाई परिपक्व बनाउने बताउँदै साहित्यमा अध्ययन र अभ्यासको औचित्य औलाए ।

विमला खत्रीले स्वागत गरेको अन्तरक्रिया कार्यक्रममा शााहलाई विद्यार्थी तथा साहित्यकारहरूले कृति केन्द्रित दर्जनौ जिज्ञासा राखेका थिए । उपप्रध्यापक दिनेश अर्यालले सहजीकरण गरेको कार्यक्रममा साहित्यकारहरू छविलाल खड्का, चन्द्रावती अधिकारी, चन्द्र पंगाली, मणि गैरे, शुभााकर विश्वकर्मा, भिम खरेल, केशव सिग्देल, तिलक केसी, डोलराज अर्याल लगायत दर्जनौं उपप्राध्यापक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।