कविता
काठमाडौँ ।
मोफसलमा बसेर पत्रकारीता गरिरहेकी हिमा खड्का मनसुनले ‘मनसुन’ गजलसङ्ग्रह बजारमा ल्याएकि छिन् । रोल्पा सदरमुकाम लिवाङमा रहेको रेडियो मालश्रीमा कार्यरत खड्काले शनिवार एक औपचारीक कार्यक्रमका बिच उक्त सङ्ग्रह बजारमा ल्याएकि हुन ।
९३ वटा गजल रहेको १३२ पृष्ठको ‘मनसुन’ गजलसङ्ग्रहमा विविधता पुर्ण गजलहरु भेट्न सकिन्छ । नारीबादी चेतले भरिएका धेरै गजलहरुले पाठकलाई पुस्तक छोड्न दिदैन । प्रेम संगै आशा, निराशा, हासो, रोदन, बिश्वास र समपर्णका कुराहरु पुस्तका पाउन सकिन्छ ।
जन्मदाता प्रति पुस्तकमा गजलकारले यसरी सम्मान गरेकि…
जीबनदाता अनि प्यार बा हुनुहुन्छ ।
उर्जास्रोतको आधार बा हुनुहुन्छ ।
अध्यारोको बत्ती मेरी आमा हुन।
बत्ती बाल्न जोडेको तार बा हुनुहुन्छ ।
अरुले देखेर कठै भन्न सक्लान,
घाउ दुखाईको उपचार बा हुनुहुन्छ ।
म अस्पतालको बेडमा भईरहदा,
खबर सोध्ने बारम्बार बा हुनुहुन्छ ।
मेरो आधा संसार मेरी आमा हुन्,
अर्को आधा संसार बा हुनुहुन्छ ।
मौसम जस्तै विविधतापूर्ण जगलहरूकोसङ्ग्रह भन्दै साहित्यकार रमेश सुवेदीले पुस्तकको सुरुवातीमा गजलसङ्ग्रहको मिठो समिक्षा गरेका छन् । ललित साहित्य परिषद् रोल्पाले प्रकाशन गरेको ‘मनसुन’ गजलसङ्ग्रहमा रोल्पाका अग्रज साहित्यकार डिबि टुहुरोले ‘मनसुन’का लागि ‘मनसुन’लाई शुभकामना दिएका छन् ।
अभाबलाई संबोधन गर्दै उनले लेखेकि छिन…
हुँदा पेटभरी खाउला नि भोलि पर्सि फेरि,
नहुँदा आज आधाआधी खाएको माया प्यारो ।
अर्को एक गजलमा नारीबादी बनेकि छिन् उनि…
रथका दुई पाङ्ग्रा एउटा हारेको देख्छु,
पुरुषबाट नारीलाई पछि पारेको देख्छु ।
गजलसङ्ग्रह अर्को गजलमा छ…
जनताको दुखमा साथ दिने कसम खाने तिमी,
आज तिम्रो दर्शन पाउन यति गाह्रो कसरी भयो ?
भाई भाई लडेका छन् यो तेरो त्यो मेरो भनेर,
भाई ठुलो कि राजनितिक दल आफै छुट्याउनुस ।
‘मनसुन’ गजलसङ्ग्रह बिमोचन गरेका अग्रज साहित्यकार डिबि टुहुरोले पुस्तकमा पाठकलाई लोभ्याउने खुराक रहेको बताउछन् । २६ बर्षिया लेखक खड्काले समाचार लेखन/बाचन, बिभिन्न रेडियो कार्यक्रम संचलन संगै मुक्तक, जगल र कबितामा पनि निरन्तर कलम चलाउने गरेकि छिन् ।
