• २०८२ मंसिर २०, शनिबार

दिव्य गिरीका दुई मुक्तक

दिव्य गिरी

दिव्य गिरी

१.
नाफा नोक्सानको हिसाब गराइ मै बित्छ जिन्दगी
दिन-रात चिन्तैचिन्ताको गहिराइ मै बित्छ जिन्दगी
यो भएन, त्यो भएन भनेर तड्पिनु पनि व्यर्थ रहेछ
कहिले नभेटिने भोलिको पर्खाइ मै बित्छ जिन्दगी !

२.
कहाँ भेटिन्छ त्यो सुखको चौतारी ? थाहा छैन
कहिले भरिन्छ चाहनाको भकारी ? थाहा छैन
मरूभूमिमा तिर्खाले तड्पिएको यात्रीजस्तो
कहिले भेटिन्छ शान्तिक‍ो छहारी ? थाहा छैन ।


दिव्य गिरी