• २०८२ मंसिर १२, शुक्रबार

मन

 गोविन्द सुबेदी

गोविन्द सुबेदी

मन एउटा सानो संसार हो,
जहाँ बिहानको घाम पनि कहिल्यै उष्ण हुदैन,
रातको अँध्यारो पनि कहिल्यै पूर्ण हुदैन
सबै अधूरो, तर सबै आफ्नै ।

मनभित्र कतै लुकेका हुन्छन्
नबोलेका कथाहरू,
नबगाएका आँसुहरु,
सम्झन नखोज्दा पनि झनै बल्झिने सम्झनाहरू ।

कहिले आकाशजत्तिको फुर्सद हुन्छ,
कहिले मुटुभित्रै आँधी उठ्छ ।
मन त कतै रोइदिन्छ,
कतै हाँसीदिन्छ,
कसैले नदेख्ने तर सबैले महसुस गर्ने आवाजमा ।

मनलाई बुझ्न सकिन्न
किनकि मन आफैँले पनि आफूलाई बुझ्दैन ।
यत्ति मात्र जानिन्छ कि,
मन जहाँ टुटछ,
त्यहीँबाट फेरि बग्न थाल्छ जीवन ।


गोविन्द सुबेदी