• २०८२ पुष ३, बिहीबार

हिन्दी सिनेमाका अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

काठमाडौं, मंसिर ८ ।

हिन्दी सिनेमामा ’ही–म्यान’ को सम्बोधन पाएका अभिनेता धर्मेन्द्रको आज ८९ वर्षको उमेरमा निधन भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो एक्स अकाउन्टमा पोस्ट गर्दै भनेका छन्, “धर्मेन्द्र ज्यूको निधनले भारतीय सिनेमाको एक युगको अन्त्य भएको छ ।“

पीएम मोदीले लेखेका छन्, “धर्मेन्द्र जी एक दिग्गज व्यक्तित्व र शानदार अभिनेता हुनुहुन्थ्यो, उहाँले जुन चरित्र निभाउनु भयो, त्यसमा भिन्नै प्रकारको चार्म र गहिराईं ल्याइदिनुभयो । उहाँले अभिनय गर्नुभएको फरकखालको चरित्र र अंदाजले नै उहाँले सबैलाई आफ्नो मुरीद बनाउँनुभयो । उहाँ आफ्नो सादगी, विनम्रता र गर्मजोशीका लागि पनि उत्तिकै चिनिनुभयो । दुखको यस घडीमा म उहाँको परिवार, मित्र र उहाँका अनगिनत फैन्सप्रति संवेदना प्रकट गर्दछु ।“

केही समय अघि धर्मेन्द्र मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा स्वाससम्बन्धी समस्याका कारण भर्ती भएका थिए । यद्यपि केही दिनको उपचारपछि उनी डिस्चार्ज भएर घर फर्केका थिए ।

फिल्मी पर्दामा एक्शन हिरोको छविमा कैद धर्मेन्द्र भने शायर मनोभावना भएका व्यक्तित्व थिए । सन् १९३५ मा पंजाब मा जन्मेका धर्मसिंह देओलले आफ्नो पुश्तैनी गाँउ नरसालीदेखि तात्कालीन बॉम्बेसम्मको यस्तो यात्रा तय गरे जसलाई एउटा सपना भन्न सकिन्छ । उनको पिता लुधियानाको नजिक रहेको सानेवाल गाँउमा गणितका मास्टर थिए र निःशन्देह त्यहाँ सिनेमा हेर्नु सपना जत्तिकै थियो । यद्यपि सानैमा एक दिन लुकीछिपी अभिनेता दिलीपकुमारको चलचित्र ‘शहीद’ १९४८ हेरेर आए । त्यो चलचित्र र दिलीपकुमारले उनको मनमा यस्तो जादू गार्यो मानौँ उनको भाग्य त्यही दिन कोरिएको थियो ।

भाग्यले पनि धर्मेन्द्रको साथ दियो, १९५८ मा फिल्म फेयर म्यागजीनले एक ट्यालेन्ट हंटको घोषणा गरेको थियो जसमा बिमल रॉय र गुरुदत्त जस्ता दिग्गज शामेल थिए । सोही समय मलेरकोटलामा काम गरिरहेका धर्मेन्द्र जान मोहम्मद फोटो स्टुडियो गए र भने केही यस्तो गर जसले मलाई दिलीपकुमार बनाइदेओ र भयो पनि त्यही उनी त्यस ट्यालेन्ट हंटमा छानिए र बम्बै पुगे । र शुरू भयो यस्तो फिल्मी ‘कहानी’ जसमा इमोशन पनि थियो, ड्रामा पनि र ट्रैजडी पनि । जसले धर्मेन्द्रलाई यस युगको महानायक बनायो । उनको जीवन शोले, मृत्यु, सीता और गीता, चरस, ब्ल्याकमेल, चुपके चुपके लगायत थुप्रै हिट चलचित्र रहेका छन् ।

बिबिसी हिन्दीबाट